२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

विद्युतीय व्यवसायी बुटवलको अधिवेशन सम्पन्न : विकास जिसीको अध्यक्षतामा नौं सदस्यीय नयाँ समिति गठन



बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल नगरमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले निर्बिरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव उपाध्याय, सचिवमा बसन्त राना, कोषाध्यक्षमा सरद कुमार दंगोरिया चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु आचार्य, लक्ष्मण बस्याल, बसन्त भट्टराई, अमन कशौधन, विकास आले सर्बसम्मत भएका छन् ।

त्यसअघि अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार अनन्तमान थैवले विद्युतीय व्यवसायीका हकहीतका लागि रुपन्देही संघले गरेको कामको प्रशंसा गरे । उनले व्यवसायीलाई दक्ष र सीपयुक्त बनाउनका लागि तालिमहरुको आयोजना महासंघबाट हुने बताए । उनले नगरभित्रका सबै व्यवसायीलाई संघमा एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिए ।

त्यस्तै संघको रुपन्देहीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेले विद्युतीय व्यवसायीको एकतावद्धताले हकहीतका सवालमा महत्वपूर्ण योगदान पुराएको बताए । उनले रुपन्देही शाखा मुलुकमै उत्कृष्ट रहेको भन्दै सदैव यही अवस्थामा रहनुपर्ने बताए ।

त्यस्तै रुपन्देहीका अध्यक्ष हरिहर ज्ञवालीले विद्युृतीय व्यवसायी संघको आफ्नै भवन निर्माणको प्रक्रिया थालिएको भन्दै यसले संस्थागत विकासमा टेवा पुराउने विश्वास गरे । रुपन्देहीमा विद्युतीय व्यवसाय गर्ने सबैलाई संघमा आवद्ध हुनका लागि आह्वान समेत गरेका छन् ।

सो अवसरमा संघका सल्लाहकार नारायणबाबु बस्नेत, लक्ष्मण भट्टराई, बरिष्ट उपाध्यक्ष लोकनाथ पोख्रेल, उपाध्यक्ष विकास जिसी, सचिव माधव उपाध्याय लगायतले बोल्दै व्यवसायिको हकहीतको सवालमा सबै एकजुट हुनुपर्ने औल्याएका थिए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ५७ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)