९ बैशाख २०८३, बुधबार | April 22, 2026

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह



काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५।४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९।८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने ।

जुम्लाको तापक्रम माइनस ४।७ डिग्री मापन भएको छ । त्यहाँ अधितम तापक्रम १५।९ डिग्री रहेको छ ।

तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०।३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११।५ र अधिकतम २५।३ मापन भएको छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ,’ महाशाखाले भनेको छ ।

आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : २६ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा