१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पशुपति क्षेत्रमा विशेष सफाइ



काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो ।

शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं मेरिल्याण्ड राज्य अमेरिकाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापालगायत अभियानकर्मीको सक्रियता रहेको पशुपति सरसफाइ अभियानका संयोजक डा. श्याम खड्काले जानकारी दिए ।

सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको थियो । सफाइबाट सङ्कलन गरिएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीमा पठाइएको जनाइएको छ । असोज पहिलो सातादेखिको प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु भएको छ । सफाइमा कलाकारको विशेष सहभागिता रहने गरेको छ ।

सफाइका क्रममा गुर्जोलगायत ४८ प्रकारका जडीबुटीबाट बनेको चियाको पोकासमेत निःशुल्क वितरण गरिएको थियो । सफाइका क्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोबाट बनेको चियाको सेवनसमेत गराएका थिए । कलाकार महतले अमेरिका लैजानसमेत गुर्जो चियाका पोका लिनुभएको जनाइएको छ । अमेरिकामासमेत जडीबुटीबाट बनेका चिया एवं औषधिको माग बढेको उनको भनाइ थियो ।

शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जो चिया ग्याष्टिकलगायत धेरै रोगका लागि औषधिको समेत काम गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । धेरै जडीबुटीले औषधिको काम गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से