१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो



म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।

आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए । “जोमसोम–कोरला खण्डको छवटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ”, उनले भने, “ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ ।”

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्शनले लिएका थिए । तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षदेखि काम भएको छैन । उक्त खण्डका लागि रु २४ करोड बजेट विनियोजन भएकामा रु १५ करोड मात्र खर्च भएको छ । ६५ प्रतिशत निर्माण सकिएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ ।

लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको रु एक करोड नौ लाख मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतिले बताए । भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समयसीमा दिएको छ । सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताए ।

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको यस सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ । आयोजनाका अनुसार समरको भीर, झोखोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ । घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए । -रासस

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ५८ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको