३ पुस २०८२, बिहिबार | December 18, 2025

मध्यरातमा बोहोराटार पुगेर देउवाले भेटे रामचन्द्र पौडेललाई



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

१४औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बनेका देउवाले गएराति ९ बजेतिर पौडेल निवास बोहोराटार पुगेर पौडेललाई भेट गरेका हुन् । पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् ।

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपार्इंको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

अधिकारीका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए ।

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहेका पौडेल आफ्नै समुहमा फुट आएपछि विज्ञप्ति जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । तर, पौडेलले राजनीतिबाट भने नबाहिरिने बताइसकेका छन् ।

कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको