१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि १ मा प्रशारण हुँदै



काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ले लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग (CSL) को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।

ला लिगा, एफ ए कपको नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालनमार्फत बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ३९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू