६ बैशाख २०८१, बिहिबार | April 18, 2024

अन्तर पालिकास्तरिय उपमेयर कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक बुटवल उपमहानगरलाई



बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ को उपाधि आयोजक बुटवल उपमहानगरपालिकाले हात पारेको छ ।

देविनगरस्थित कद्यर बहादुर रीता रायमाझी आद्योगिक माविको खेलमैदानमा आईतबार भएको फाईनल खेलमा तिलोत्तमा नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै बुटवलले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपविजेता तिलोत्तमा नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बेनी नगरपालिका तृतिय हुदै नगद ३५ हजार रुपैया तथा भिमदत्त नगरपालिका चौथौ हुँदै नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

बेष्ट ब्लकर भिमदत्त नगरपालिकाका भागिरति जोशी, सर्भर तिलोत्तमाका निरमा सारु, सेटर बुटवलकी जसना महतो, लिबरो बुटवलकि यमकलि कुवर, स्पाईकर बुटवलकी भावना डागी, सर्वोत्कृष्ट खेलाडी बुटवलकी आरती सुवेदी घोषित हुँदै पुरस्कृत भईन ।

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएका थिए ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको तिलोत्तमा नगरपालिकाको टिम

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं ४ का वडाअध्यक्ष टंक पराजुली, वडा नम्बर १ का वडाखअध्यक्ष महेन्द्र लिगल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, नगर खेलकुद परिषदका अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज गौचन,समाजसेवी टेक बहादुर थापा, खेल संयोजक अर्जुन घिमिरे, विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ११ बजे

बुटवलमा भोलि जितगढी उत्सव मनाइँदै, यस्तो छ युद्ध इतिहास

बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ

अन्योलताका बीच कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती