१३ असार २०८३, शनिबार | June 27, 2026

अन्तर पालिकास्तरिय उपमेयर कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक बुटवल उपमहानगरलाई



बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ को उपाधि आयोजक बुटवल उपमहानगरपालिकाले हात पारेको छ ।

देविनगरस्थित कद्यर बहादुर रीता रायमाझी आद्योगिक माविको खेलमैदानमा आईतबार भएको फाईनल खेलमा तिलोत्तमा नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै बुटवलले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपविजेता तिलोत्तमा नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बेनी नगरपालिका तृतिय हुदै नगद ३५ हजार रुपैया तथा भिमदत्त नगरपालिका चौथौ हुँदै नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

बेष्ट ब्लकर भिमदत्त नगरपालिकाका भागिरति जोशी, सर्भर तिलोत्तमाका निरमा सारु, सेटर बुटवलकी जसना महतो, लिबरो बुटवलकि यमकलि कुवर, स्पाईकर बुटवलकी भावना डागी, सर्वोत्कृष्ट खेलाडी बुटवलकी आरती सुवेदी घोषित हुँदै पुरस्कृत भईन ।

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएका थिए ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको तिलोत्तमा नगरपालिकाको टिम

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं ४ का वडाअध्यक्ष टंक पराजुली, वडा नम्बर १ का वडाखअध्यक्ष महेन्द्र लिगल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, नगर खेलकुद परिषदका अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज गौचन,समाजसेवी टेक बहादुर थापा, खेल संयोजक अर्जुन घिमिरे, विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ११ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट