६ श्रावण २०८३, बुधबार | July 22, 2026

युरोपियन लिडिङ्ग ब्राण्ड स्कोडा गाडीको नयाँ शोरुम अब बुटवलमा



बुटवल । बुटवलको कालिकानगरमा युरोपियन लिडिङ्ग ब्राण्ड स्कोडा गाडीको शोरुम र वर्कशप सञ्चालनमा आएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता एम.ए.डब्ल्यू. इन्टरप्राइजेजले बुटवलका लागि रोड वेज इन्टरप्राइजेजलाई आधिकारिक विक्रेता बनाएको हो ।

बुटवल-११ कालिकानगरमा सोमबार युरोपियन लिडिङ्ग ब्राण्ड स्कोडाको नयाँ स्वरुम तथा वर्कसप शुभारम्भ भएको छ । विगत १२ वर्षदेखि नेपालमा आधिकारीक विक्रि हुँदै आएको स्कोडाले आफ्नो डिलर प्लान अन्तरगत देशभर नेटवर्क बिस्तार तथा स्थापना समेत गर्दै आएको छ । स्कोडाको नयाँ सोरुम शुभारम्भ गर्दै एम.ए.डब्ल्यू. इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालले ग्राहकहरुलाई युरोपियन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध रहँदै आएको दाबी गरे ।

शोरुमको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा सहभागी लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले नेपालमै सवारी साधन उत्पादनका लागि अभ्यास गर्नु पर्नेमा जोड दिए । केही कम्पनी तथा निजी लगानी कर्ताहरुले विदेशी सवारीका पार्टपूर्जाहरु आयात गरेर एसेम्बलिङ गर्ने क्रम बढीरहेको बताउँदै उनले अब देशभित्रै उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरे ।

शोरुम शुभारम्भका अवसरमा प्रमुख अतिथि शाही र निर्देशक रौनकले ग्राहक तथा उद्योगी अनिल अग्रवाललाई चाबी हस्तान्तरण गरेका थिए । ‘पश्चिम नेपालमा समेत हाम्रो यो उपस्थितिले थप मजबुत बनाउने विश्वास लिएका छौं ।’–उनले भने । स्कोडाको माग बढी रहेको बताउँदै उनले पछिल्लो ४ महिनाको अवधिमा मात्रै २५० बढी गाडी बिक्रि भइसकेको उनले बताए ।

शोरुमका सञ्चालक दिनेश श्रेष्ठले गाडीको सोरुमसँगै वर्कशप पनि सञ्चालनमा ल्याएको जानकारी दिए । बुटवलमा आधिकारिक डिलर रोडवेज लाइफस्टाइनले दुई दिने कार्यक्रम गर्दै ग्राहकवर्गमा विशेष योजना ल्याएको उनले जानकारी दिए । कार बुकिङ्ग गर्ने ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको सवारी कर छुट, निःशूल्क बीमा, टेष्ट ड्राइभमा आकर्षक उपहार, एक्स्चेन्ज बोनस, रिफ्रेसमन्ट तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने सोरुमका अर्का सञ्चालक दिपक श्रेष्ठले बताए ।

बुटवलमा स्कोडाको ९ औं शोरुम हो । यसअघि काठमाडौंसहित पोखरा, नारायणगढ, बिराटनगर, विरगञ्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा रहेको छ । नेपालमा स्कोडाको गाडी २०६४ सालदेखि उपलब्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ०८ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर