१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन ?



बुटवल । नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन ।

२५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो । तर, बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेको छैन ।

तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका हुन् । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन् । यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेका छन् ।

उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ