१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघमा स्वागत



बुटवल । रुपन्देही उद्योग संघले चितवन उद्योग संघले आगामी पुष ३ देखि ४ गतेसम्म चितवनमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी (चितवन एक्स्यो)को सन्देश दिन जिल्ला भ्रमणमा आएको टोलीलाई बुटवलमा स्वागत तथा छलफल गरेको छ ।

भ्रमण टोलीलाई स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले आयोजना गर्न लागिएको औद्योगिक प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले संस्थागत विकास र व्यवसायीक अनुभव आदान प्रदान गर्न यस प्रकारका भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै चितवन उद्योग संघ र रुपन्देही उद्योग संघवीचको संस्थागत सम्बन्धलाई अझ बलियो बनाउन भेटघाट र अन्तरक्रियालाई बाक्लो बनाउनु पर्ने धारणा राखे ।

चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले चितवन उद्योग संघको संस्थागत विकासमा रुपन्देही उद्योग संघको सहयोगको स्मरण गर्दै औद्योगिक विकासमा उद्योगीहरुका समस्या पहिचान गरि सामुहिक धारणा बनाएर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवनकान्त काफ्ले, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, सदस्य गोपाल गैरे, लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका