८ बैशाख २०८१, शनिबार | April 20, 2024

चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघमा स्वागत



बुटवल । रुपन्देही उद्योग संघले चितवन उद्योग संघले आगामी पुष ३ देखि ४ गतेसम्म चितवनमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी (चितवन एक्स्यो)को सन्देश दिन जिल्ला भ्रमणमा आएको टोलीलाई बुटवलमा स्वागत तथा छलफल गरेको छ ।

भ्रमण टोलीलाई स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले आयोजना गर्न लागिएको औद्योगिक प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले संस्थागत विकास र व्यवसायीक अनुभव आदान प्रदान गर्न यस प्रकारका भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै चितवन उद्योग संघ र रुपन्देही उद्योग संघवीचको संस्थागत सम्बन्धलाई अझ बलियो बनाउन भेटघाट र अन्तरक्रियालाई बाक्लो बनाउनु पर्ने धारणा राखे ।

चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले चितवन उद्योग संघको संस्थागत विकासमा रुपन्देही उद्योग संघको सहयोगको स्मरण गर्दै औद्योगिक विकासमा उद्योगीहरुका समस्या पहिचान गरि सामुहिक धारणा बनाएर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवनकान्त काफ्ले, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, सदस्य गोपाल गैरे, लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २७ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र