३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

अवैध सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको एक हजार तीन सय ११ ग्राम सुनको बिस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरासहित पाँच जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको सुन फेला परेको हो ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अली, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए००१००८८५ बाहक २५ वर्षीय जाहिदुल इस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट एक सय ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ४२ बजे

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा

रास्वपाले ल्यायो ल्याप्चे लगाएको नागरिक करारपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै

उनेपाको प्रतिवद्धतापत्र : सुशासनदेखि २५ हजार मेगावाट विद्युत् उत्पादनसम्म (पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीको घोषणापत्र स् सुशासनदेखि २५ हजार मेगावाट विद्युत्

मुग्लिन-मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको