९ बैशाख २०८३, बुधबार | April 22, 2026

विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । बधुबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताए ।

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने स्पष्ट पार्दै विद्युत महसुल घटाएर भएपनि उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए । ‘अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्तामा छ । विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुँदैन, अर्थतन्त्र बलियो यो बनाउन बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनु पर्छ ।’ उनले भने, -‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ ।’

नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिँदै मन्त्री शर्माले परिमार्जित नीति आगामी आर्थिक वर्षमा समेटिने समेत उल्लेख गरे ।

उनले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताए । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड दिएका छन् । यसले मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे ।

उनले निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : २६ बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा