१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिता-२०७८ माघ ८ गतेदेखी सुरु



बुटवल । सार्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिताको चौथो सस्करण हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि माघ ८ देखि १५ गतेसम्म चौथो सस्करणको प्रतियोगिता हुने भएको हो ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन ।

यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद, कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैया, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले बताए ।

प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उनले बताए । त्यसको लागि पुसको १७ गते २ समुहमा अक्सन राखिएको उनले बताए ।

तिलोत्तमास्थित नवजिवन खेलमैदानमा माघ ८ गतेदेखी १५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन । कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताए ।

कार्यक्रममा सर्वोत्तम सिमेन्टका पश्चिमान्चल बजार ब्यवस्थापक रमेश ढकालले कोभिड संक्रमणका कारण उद्योगहरु धरासायी भैरहेको भएपनि खेल क्षेत्रमा थोरै भएपनि लगानी गरेर सामाजिक उत्तरदायित्वमा बल दिने काम गरेको बताए । कार्यक्रममा समितिका सल्लाहकार माधव अर्याल, सचिव श्रीराम नेपाली, सदस्य माधव पन्त, बाबुराम गैरेले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ४२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग