३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

शेखर कोइराला भन्छन् : पराजित भएर पनि हामीले जितेका छौं



काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर प्रसाद कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजयी हासिल गरेको बताएका छन् ।

कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाईं जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’

आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए । उनले भने, ‘म पराजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन् । कसले के गर्‍यो ? कसो गर्‍यो ? किन गर्‍यो ? भन्ने कुरा पनि मेरो मनमा छैन ।’

निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टिम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए । ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उनले भने ।

कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टिमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे । ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ । त्यसकारण म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उनले भने ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ४६ बजे

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा

रास्वपाले ल्यायो ल्याप्चे लगाएको नागरिक करारपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै

उनेपाको प्रतिवद्धतापत्र : सुशासनदेखि २५ हजार मेगावाट विद्युत् उत्पादनसम्म (पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीको घोषणापत्र स् सुशासनदेखि २५ हजार मेगावाट विद्युत्

मुग्लिन-मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको