१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ ।

सोमबार सम्पन्न मतदानमा खसेको ४६८१ मतमध्ये बुधबार राति केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ३५५८ मत गन्दा १६३४ मत प्राप्त गरेका खड्काले अग्रता बढाउँदै लगेका छन् ।

कांग्रेसको दुई उपसभापतिमा खड्कापछि विजय गच्छदार १४४३ मतसहित दोस्रो स्थानमा छन् । गच्छदारभन्दा ६ मतले पछाडि धनराज गुरुङको १४३७ मत छ । गच्छदार र गुरुङबीच कडा टक्कर परेको छ । उपसभापतिको दौडमा चन्द्र भण्डारी भने पछाडि परेका छन् । उनको १२५७ मत छ ।

पाँचौ नम्बरमा सुजाता कोइरालाले ४३८ मत प्राप्त गरेकी छन् । महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको छ ।

अब ११२३ मत गन्न बाँकी छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : २१ बजे

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,