९ बैशाख २०८३, बुधबार | April 22, 2026

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ ।

सोमबार सम्पन्न मतदानमा खसेको ४६८१ मतमध्ये बुधबार राति केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ३५५८ मत गन्दा १६३४ मत प्राप्त गरेका खड्काले अग्रता बढाउँदै लगेका छन् ।

कांग्रेसको दुई उपसभापतिमा खड्कापछि विजय गच्छदार १४४३ मतसहित दोस्रो स्थानमा छन् । गच्छदारभन्दा ६ मतले पछाडि धनराज गुरुङको १४३७ मत छ । गच्छदार र गुरुङबीच कडा टक्कर परेको छ । उपसभापतिको दौडमा चन्द्र भण्डारी भने पछाडि परेका छन् । उनको १२५७ मत छ ।

पाँचौ नम्बरमा सुजाता कोइरालाले ४३८ मत प्राप्त गरेकी छन् । महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको छ ।

अब ११२३ मत गन्न बाँकी छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : २१ बजे

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार