३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द



तनहुँ । शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो ।

५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो । यो साता फेरि संक्रमित बढेका छन् ।

दोस्रो लहरको कोरोना सुरू भएपछि वैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ । १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाका ६५ हजार ८३८ जनाले कोरोना विरुद्धको पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए । उनका अनुसार २० हजार ३७८ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ३५ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा