५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको हो । समितिको सदस्यमा प्रहरी निरीक्षक केशव केसी, वरिष्ठ नायव निरीक्षक रमेश बजगाँई तथा १ जना सहायक हवल्दार र प्रहरी जवान रहेका छन् ।

अनुसन्धानलाई वस्तुनिष्ठ र निष्पक्ष बनाउन टोलीले सघाउ पु¥याउने प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए । उनका अनुसार सो टोलीले प्रमाण र तथ्य सङ्कलन गरेर १० दिनसम्मको अवधिमा प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीलाई बुझाउने छ ।

“एउटा अनुसन्धान अधिकृतले मात्रै नभ्याउने अवस्था हुन सक्छ त्यसैले समूह नै काम गर्दा परिणाममुखी अनुसन्धान हुन सक्छ,” प्रहरी नायब उपरीक्षक पातलीले भने । सो अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षकलगायत छन् ।

प्रहरीले शनिबार राति नेपालगन्ज नर्सिङ होमपछाडि जलेको अवस्थामा बुढामगरलाई सडकमा फेला पारेको थियो । जलेर गम्भीर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

सिर्जना लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाट पक्राउ गरिएको हो । यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीमा उल्लेख भएका पाँचमध्ये अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : २२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे