२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायतमा कोभिडबाट एकै दिन ८८ हजार संक्रमित



लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।

पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय