६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायतमा कोभिडबाट एकै दिन ८८ हजार संक्रमित



लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।

पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४१ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९