७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल, मंसिरसम्म ६.४६ प्रतिशत मात्र खर्च



काठमाडौं । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिएका छन् ।

अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार अर्थ मन्त्रालयले २२ असोजमा ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८’ पनि लागू गर्‍यो ।

मापदण्डमा प्रथम त्रैमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत र त्यसपछि त्रैमासिक विनियोजनभन्दा कम नहुने गरी प्रत्येक महिना न्यूनतम १० प्रतिशतका दरले असार मसान्तभित्र शतप्रतिशत नतिजा हासिल गर्ने उल्लेख गरिएको छ ।

मापदण्डअनुसार अहिलेसम्म सरकारले ३० प्रतिशत विकास बजेट खर्च गरिसक्नुपर्ने हो । तर मंसिरसम्ममा कुल विकास बजेटको ६ दशमलव ४६ प्रतिशत अर्थात् २८ अर्ब ४० करोड ३५ लाख रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैगरी चालू खर्चतर्फ भनेर सरकारले लक्ष्यको ३१ दशमलव ६१ अर्थात् तीन खर्ब १७ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २१ दशमलव ८ प्रतिशत अर्थात् ४१ अर्ब रपैयाँ खर्च भएको छ । सरकारले समयमै विकास बजेट खर्च गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छ ।

पुँजीगत खर्च बढाउन अर्थमन्त्री आफै सक्रिय भए पनि खर्चको रफ्तार भने बढ्न सकेको छैन । मंसिरसम्ममा सरकारले लक्ष्यको ३५ प्रतिशत अर्थात् चार खर्ब १२ अर्ब राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई