७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संसदको गतिरोध हटाउन सभामुखले राजीनामा दिनुपर्छ : एमाले महासचिव



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिनु मात्रै विकल्प भएको बताए । पोखरेलले त्यसो भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पारे ।

महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्नेदाबी गरे । उनले भने, ‘एमसीसीको सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुंगो लागेको छैन । किनकी न संसदले कार्यसूचीमा राखेको छ, न सरकारले हामीलाई केही बताएको छ ।’

उनले भने, ‘जबसम्म यी विषयहरुको सम्बोधन हुँदैन । हामीले कारबाही गरेका सदस्यहरुलाई राखेर संसद चलाउने काम हुन्छ । त्यसमा हाम्रो असहमति रहन्छ । असहमति रहँदै आएको छ । या त सभामुखले नैतिक आधारमा सच्याउन नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्ने । उहाँले अव मैले यसो गरिसके पछाडि हटन सक्दिन भन्ने हो भने संसद चलाउने कर्तव्य उहाँको पनि हो । त्यस अर्थमा उहाँले चाँही मार्ग प्रशस्त गरेर राजीनामा दिने हो भने नयाँ प्रक्रियाको सुरुवात हुन्छ । या त उहाँले जे कमजोरी गर्नु भएको छ, त्यो सच्याउने । त्यसो हो भने संसदको प्रक्रिया अगाडि बढछ । अन्यथा संसदको प्रक्रिया अगाडि बढन सक्दैन भन्ने कुरा हामीले अडान राख्दै आएका छौं ।’

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताए । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उनको भनाइ थियो ।

महासचिव पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताए । पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे ।

रावलले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राखे । हाललाई उनी नीतिगत रुपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेको भएको पनि महासचिव पोेखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ५१ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने