४ पुस २०८२, शुक्रबार | December 19, 2025

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व



काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खसरआर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए । यी सबै देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए । कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ५० बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,