२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कालिका रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले गरे कबड्डीको उदघाटन



बुटवल । कालिका मानवज्ञान माविको ६१ औं वार्षिकोत्सवको अवसरमा यसै वर्षदेखि शुरु गरिएको जिल्ला स्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रा छात्र ज्याभलीङ थ्रोको फाइनल भएको छ । छात्रातर्फ सेन्ट जिसेफ इंगलिस स्कूलका शौरभ थारु, कालिका मानवज्ञान माविका विशाल पराजुली र न्यु इन्भार्न्मेंट स्कूलका वसन्त गुरुङले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने छात्रातर्फ एभरेस्ट इंगलिस बोर्डिंग स्कूलकी छात्रा निशा चौधरी, कालिका मानवज्ञान माविकी तृष्णा मगर र तिलोत्तमा मावि फर्साटिकरकी रिया राना मगर क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

आजै भलिवल खेल अन्तर्गतका छात्र समुहका पहिलो चरणका प्रतिष्पर्धा समेत भएका छन् । उक्त प्रतिष्पर्धा सिद्धार्थ बोर्डिंग स्कूल, सेन्ट जोसेफ इंगलिस बोर्डिंग स्कूल, दिप बोर्डिंग स्कूल, कान्ति माबी, सिता माबि, उजिरसिंह माबी र कालिका मानवज्ञान माबी दोश्रो चरणमा प्रवेश गरेका छन्।
आजै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले विद्यालय भ्रमण गरि विद्यालयले गरेका असल अभ्यासहरुको जानकारी लिनुका साथै कबडी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

शुक्रबार भएको छात्रातर्फको कबडी प्रतियोगितामा न्यू इन्भार्न्मेंट बोर्डिंग स्कूल, शान्ति नमुना माबी, मोतिपुर माबी, कालिका मानवज्ञान माबी, होराइजन गौतमबुद्द बोर्डिंग स्कूल, नवज्योति बोर्डिंग स्कूल र जनजागृति माबी विजयी भएर दोश्रो चरणमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ३१ बजे

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२

प्रतिनिधिसभा निर्वाचन मतगणना अपडेट : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

बुटवल । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो