१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शिक्षकहरुको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको छ : शिक्षामन्त्री पौडेल



बुटवल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएका छन् ।

बुटवलमा रहेको कान्ति माविको ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताए । बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सृजना गरिने र कम भएको स्थानबाट कटौती समेत गरिने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक तथा कर्मचारीको साझा मन्त्रालय रहेको भन्दै मन्त्री पौडेलले शिक्षकका समस्या समाधानका लागि महासंघको आग्रहमा विभिन्न काम सरकारले अगाडि बढाएको बताए । उनले यही वर्षमा शिक्षकका लागि केन्द्रीयस्तरको अस्पताल निर्माणका लागि सरकारले काम अगाडि बढाएको जानकारी गराउँदै यसै वर्षदेखि अस्पताल निर्माणको काम सुरु हुने बताए ।

मन्त्री पौडेलले प्रदेश प्रदेशमा एउटा नमूना विद्युतीय पुस्तकालय स्थापनाका लागि सरकारले पहल गरिरहेको बताए । कान्ति मावि नेपालमा विज्ञान विषयका लागि नमूना बनेकोे भन्दै मन्त्री पौडेलले विद्यालयको भवनसहितको भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीको चाप थेग्न समस्या भएको बताए । विद्यार्थीको संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गरिदिन उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, शिक्षा सामाजिक विकास निर्देशनलयका प्रमुख मनोज कुमार गैरे, शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा लगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए ।

समारोहमा कान्ति दर्पण नामक स्मारिका विमोचन गरिनुका साथै उत्कृष्ट नतिजा प्रदान गर्ने शिक्षक तथा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै दीर्घसेवा सम्मानबाट शिक्षक पूर्णभद्र उपाध्यायलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ४८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू