३ पुस २०८२, बिहिबार | December 18, 2025

विवाद बढेपछि माओवादी केन्द्रको प्रदेश अधिवेशनको बन्दसत्र पुनः स्थगित



जनकपुरधाम । प्रतिनिधि छनोटमा विवाद भएपछि नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र स्थगन भएको छ ।

सर्लाहीको लालबन्दीमा आज हुने भनिएको अधिवेशनको बन्दसत्र आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद बढेकाले बन्दसत्र स्थगन गरिएको माओवादी केन्द्र प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए।

“विभिन्न जिल्लाबाट तोकिएभन्दा बढी प्रतिनिधि आएर समस्या भएको छ”, अध्यक्ष बुढाथोकीले भने, “छलफलबाट प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधानका लागि प्रयास गरिने र विवाद समाधान गरी आइतबार ११ बजेबाट बन्दसत्र हुन्छ ।” पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उनको भनाइ छ ।

खासगरी सप्तरीमा पार्टीभित्र तीव्र विवाद बढ्दै जाँदा अधिकांश पालिकामा सामानान्तर समिति बनेका छन् । त्यसैले कुन पक्षलाई आधिकारिक बनाउने भन्ने विवादले प्रदेश अधिवेशनको बन्दसत्र प्रभावित भएको सहभागी नेताले बताएका छन् ।

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भएको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ०६ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको