३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

नेवाः समुदायको छाता संगठन नेवाः दयः दबूको विधान महाधिवेशन नेपालगन्जमा हुँदै



नेपालगन्ज । नेपाली नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः दयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । दयः दबूको बाँके शाखाको आतिथ्यतामा पुस १६ गते नेपालगन्जमा विधान महाधिवेशन गर्न लागिएको हो ।

नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित गरिएको नेवारहरुको साझा छाता संगठन भएको नेवाः देयः दबूको विधानलाई समयानुकल परिमार्जन गर्न आवश्यक देखिएकाले विधान महाधिवेशनको ओयोजना गरिएको नेवाः दयः दशूका बाँके शाखाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गएको ५ वर्ष पुग्दा समेत संस्थाका विधानमा सांगठानिक संरचना पुरानै ढाँचामा रहेको र त्यसलाई संघीय संरचनामा लैजान आवश्यक देखिएकाले दबूको विधान महाधिवेशन हुने भएको हो । नेपालमा फरक फरक स्थानमा बसोबास गर्ने नेवाः समुदायले फरक फरक लवजको भाषा बोल्ने भएका कारण भाषागत समस्यालाई एकरुपता ल्याउने, समुदायका बीच रहेको बिबिधतालाई एउटै छातामुनी गोलबन्ध गर्ने तथा राजधानी बाहिरका समुदायमा पनि भाषा, संस्कृति र मौलिकता प्रवाह गर्ने उद्देश्यले राजधानी बाहिर विधान महाधिवेशन गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।

महाधिवेशनको पूर्वसंध्यामा नेपालगन्जमा धिमेबाजा सहितको ¥याली, लाखेनाचसहित नेवाः संस्कृति र पहिचान झल्काउने झाँकी प्रदर्शन गरिने अधिवेशनको झाँकी व्ष्यवस्थापन समितीका संयोजक मनोज श्रेष्ठले बताए ।

मोफसलमा पनि नेवाः समुदायको उपस्थिती दरिलो रहेको सन्देश दिने गरि प्रचार प्रशारको प्रबन्ध मिलाईने महाधिवेशन प्रचार संयोजक समिरमान श्रेष्ठले बताए ।

अधिवेशनलाई सफल बनाउन नेपालगन्जमा गरिएको भेलाले विभिन्न ११ वटा समितिहरु गठन गरिएको छ भने बाँके शाखाका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा २५१ सदस्सीय मुल आयोजक समिति तथा २१ सदस्सीय कार्यान्वयन समिति गठन गरिएको छ ।

अधिवेशनमा ६८ जिल्लाका ३०० प्रतिनिधि र पर्यवेशक्षकहरुले सहभागिता जनाउने नेवाः दयः दबूका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले बताए ।

भेलामा केन्द्रीय उपाध्यक्ष राजभण्डारी, सल्लाहकार पूर्ण लाल चुके लगायतले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन बाँके जिल्लाका सबै नेवाः समुदाय एक ढिक्का भई जुट्न आव्हान गरे ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५३ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये