३ पुस २०८२, बिहिबार | December 19, 2025

नेवाः समुदायको छाता संगठन नेवाः दयः दबूको विधान महाधिवेशन नेपालगन्जमा हुँदै



नेपालगन्ज । नेपाली नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः दयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । दयः दबूको बाँके शाखाको आतिथ्यतामा पुस १६ गते नेपालगन्जमा विधान महाधिवेशन गर्न लागिएको हो ।

नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित गरिएको नेवारहरुको साझा छाता संगठन भएको नेवाः देयः दबूको विधानलाई समयानुकल परिमार्जन गर्न आवश्यक देखिएकाले विधान महाधिवेशनको ओयोजना गरिएको नेवाः दयः दशूका बाँके शाखाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गएको ५ वर्ष पुग्दा समेत संस्थाका विधानमा सांगठानिक संरचना पुरानै ढाँचामा रहेको र त्यसलाई संघीय संरचनामा लैजान आवश्यक देखिएकाले दबूको विधान महाधिवेशन हुने भएको हो । नेपालमा फरक फरक स्थानमा बसोबास गर्ने नेवाः समुदायले फरक फरक लवजको भाषा बोल्ने भएका कारण भाषागत समस्यालाई एकरुपता ल्याउने, समुदायका बीच रहेको बिबिधतालाई एउटै छातामुनी गोलबन्ध गर्ने तथा राजधानी बाहिरका समुदायमा पनि भाषा, संस्कृति र मौलिकता प्रवाह गर्ने उद्देश्यले राजधानी बाहिर विधान महाधिवेशन गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।

महाधिवेशनको पूर्वसंध्यामा नेपालगन्जमा धिमेबाजा सहितको ¥याली, लाखेनाचसहित नेवाः संस्कृति र पहिचान झल्काउने झाँकी प्रदर्शन गरिने अधिवेशनको झाँकी व्ष्यवस्थापन समितीका संयोजक मनोज श्रेष्ठले बताए ।

मोफसलमा पनि नेवाः समुदायको उपस्थिती दरिलो रहेको सन्देश दिने गरि प्रचार प्रशारको प्रबन्ध मिलाईने महाधिवेशन प्रचार संयोजक समिरमान श्रेष्ठले बताए ।

अधिवेशनलाई सफल बनाउन नेपालगन्जमा गरिएको भेलाले विभिन्न ११ वटा समितिहरु गठन गरिएको छ भने बाँके शाखाका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा २५१ सदस्सीय मुल आयोजक समिति तथा २१ सदस्सीय कार्यान्वयन समिति गठन गरिएको छ ।

अधिवेशनमा ६८ जिल्लाका ३०० प्रतिनिधि र पर्यवेशक्षकहरुले सहभागिता जनाउने नेवाः दयः दबूका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले बताए ।

भेलामा केन्द्रीय उपाध्यक्ष राजभण्डारी, सल्लाहकार पूर्ण लाल चुके लगायतले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन बाँके जिल्लाका सबै नेवाः समुदाय एक ढिक्का भई जुट्न आव्हान गरे ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको