१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपालसहित ८९ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ ।

ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ । २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो ।

ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ । ‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ११ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा