७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रावधानबारे अध्ययन गर्न सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विरोध भएसँगै यसका प्रावधान बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने गठबन्धनका तर्फबाट नेकपा ९एकिकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

कार्यदलले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ ।

आजको सर्वदलीय बैठकमा सरकारका तर्फबाट कार्कीले एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय राखेका थिए तर बैठकमा सहभागी दलहरुले यसको चर्को बिरोध गरे । गठबन्धनकै माओवादी र एकीकृत समाजवादीका साथै राप्रपा, राजमोले एमसीसी त्यतिकै पास गर्न नहुने बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : १४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल