१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रावधानबारे अध्ययन गर्न सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विरोध भएसँगै यसका प्रावधान बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने गठबन्धनका तर्फबाट नेकपा ९एकिकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

कार्यदलले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ ।

आजको सर्वदलीय बैठकमा सरकारका तर्फबाट कार्कीले एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय राखेका थिए तर बैठकमा सहभागी दलहरुले यसको चर्को बिरोध गरे । गठबन्धनकै माओवादी र एकीकृत समाजवादीका साथै राप्रपा, राजमोले एमसीसी त्यतिकै पास गर्न नहुने बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : १४ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा