७ आश्विन २०८३, बुधबार | September 23, 2026

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण



पर्वत । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआइसिएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ ।

सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट रु एक करोड १६ लाख ३८ हजार १२०, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित रु ३५ लाख, कुश्मादे रु १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष रु ३३ लाख २५ हजार ९९५ सहित रु एक करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिए ।

जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यका अनुसार अस्पतालमा आवश्यक सामग्रीले यहाँ आउने बिरामीले सुविधा पाउने बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताए । उनले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको बताए । सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुशी लागेको बताए । जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गरे ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विश्वेस्वर आचार्य, संविधानसभा सदस्य कल्पना चापागाई, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायत पनि अस्पतालको गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गरेका थिए । अस्पतालमा सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न हुने चरणमा छ । उपकरणले भरिपूर्ण भएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई