२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विज्ञ भन्छन्- क्रिसमसमा ओमिक्रोन झन तीव्र फैलिन्छ



एजेन्सी । कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् ।

क्रिसमसमा हुने भिडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् ।

ओमिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा। एन्थोनी फाउचीले सुझाएका छन् ।

कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएको छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।

यसैबीच युरोपेली युनियनका प्रमुख युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ३८ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ