११ कार्तिक २०८३, बुधबार | October 28, 2026

फुट्दाफुट्दै ६९ पुगे प्रदेश मन्त्रालय



काठमाडौं । भागबण्डा पुर्‍याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन् । अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ ।

प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन् । मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ । बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्‍याएको छ ।

प्रदेश सरकारहरूले संगठन तथा व्यवस्थापन सर्भे नगरी मन्त्रालय फुटाएका छन, जसबाट प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन नसकिएको संघीय मामिला मन्त्रालयको भनाइ छ ।

संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले प्रदेश सरकारहरूले मन्त्रालय फुटाउँदा त्यस सम्बन्धी जानकारी संघीय मामिला मन्त्रालयमा नगराएको बताए । उनले भने, ‘हामीसँग प्रशासन समूहका मौजात कर्मचारी छैनन, जबकी मन्त्रालय फुटाउने वित्तिकै फुटाएको मन्त्रालयमा कर्मचारी पठाउन सकियोस् ।’ संघीय मामिला मन्त्रालयसँग समन्वय नगरी मन्त्रालयमा पठाउँदा प्रदेश सरकारहरूले माग गरेअनुसार कर्मचारी पठाउन नसकिएको उनले बताए ।

धमाधम प्रदेश मन्त्रालय फुटे पछि सबैमा कर्मचारीको अभाव भएको छ । फुटेका मन्त्रालयहरूले केन्द्रबाट मन्त्रालयसचिव पाउन सकेका छैनन् । संघीय मामिला मन्त्रालयले प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन सकेको छैन ।

२०७४ फागुनमा तत्कालिन केन्द्र सरकारले सात वटै प्रदेशमा प्रदेश सरकारको अस्थायी संचरना बनाएको थियो र त्यस अनुसार सबै प्रदेशमा एकरएक जना सचिव पनि खटाएको थियो । केन्द्रले सरकारले बनाएको संरचनालाई प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले भताभुंग बनाएका छन् ।

नेपालको संविधान अनुसार कुल प्रदेश सांसद संख्याको बढीमा २० प्रतिशतसम्म प्रदेशमन्त्री बनाउन सकिने व्यवस्था छ । ‘यो भनेको सिलिङ हो । तर प्रदेश सरकारहरूले उफ्रिएर सिलिङ छोएको देखियो,’ संघीय मामिला मन्त्रालयका अर्का एक सहसचिवले भने।

उक्त सिलिङको कारण कर्णाली प्रदेश सरकाले ८ वटाभन्दा बढी मन्त्रालय फुटाउन सकेको छैन । अहिले प्रदेश १ मा ७, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४,गण्डकीमा ११, लुम्बनीमा १३, कर्णालीमा ८ र सुदूरपश्चिममा ७ वटा मन्त्रालय रहेका छन् । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३१ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ