१८ माघ २०८२, आइतबार | February 1, 2026

विश्वमा सात हजार भाषा, हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा



न्युयोर्क । हामीले बोल्ने भाषा शब्द र आवाजहरुको एउटा संग्रह मात्र होइन् । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्दितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ ।

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दिको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरुले भाषालाई लोपन्मुख अवस्थामा पु¥याएको अध्ययनमा दर्शाइएको छ ।

अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सोे अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन् ।

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ ।

आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरु बताउँछन् । -एजेन्सी

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ३२ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा