५ श्रावण २०८३, मंगलबार | July 22, 2026

विश्वमा सात हजार भाषा, हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा



न्युयोर्क । हामीले बोल्ने भाषा शब्द र आवाजहरुको एउटा संग्रह मात्र होइन् । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्दितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ ।

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दिको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरुले भाषालाई लोपन्मुख अवस्थामा पु¥याएको अध्ययनमा दर्शाइएको छ ।

अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सोे अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन् ।

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ ।

आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरु बताउँछन् । -एजेन्सी

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं