३ भदौ २०८३, बुधबार | August 19, 2026

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।

क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालका अनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् । पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । ‘मेरो आँखै अगाडि घटना भयो,’ उनले भने ।

उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ४२ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने