३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

सहकारीकर्मीलाई रजिष्टारको निर्देशन : आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन



काठमाडौं । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन् । सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल राख्न निर्देशन दिएका हुन् ।

‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’, मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारले भने, ‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’

सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिको बताए ।

विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे । तर, सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए ।

‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’

कार्यक्रममा सहकारी सहकारीकर्मीहरूले सन्दर्भ ब्याज दर बढाउन आग्रह गरका थिए । जवाफमा रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।

हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढि ब्याज दर लिन नपाउने गरी सन्दर्भ ब्याज दर तोकिएको छ । तरलता अभावसँगै बैंकहरूको ब्याज दर वृद्धि भएकाले सहकारीको पनि ब्याज दर बढाउन सहकारीका संचालकले दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३९ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये