१३ पुस २०८२, आइतबार | December 29, 2025

‘यौनिक, लैङ्गिक तथा अल्पङ्ख्यक समुदायका मुद्दाहरुलाई प्राथमिकतामा’



बुटवल । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेश सरकारले बनाउने निती तथा कार्यक्रममा यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका मुद्दाहरुलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

बुटवलमा मितिनी नेपालले गरेको कार्यक्रममा बोल्दै उनले यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई लक्षित गरेर उनीहरुको सिप क्षमता वृद्धिका लागि आवश्यक बजेटसमेत विनियोजन गर्ने बताए । उनले अझै पनि यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन नभएको भन्दै त्यस्ता समुदायका व्यक्तिहरुलाई समाजमा बुझाउन आवश्यक रहेको बताए । उनले यस्ता समुदायका विषयहरुलाई पाठ्यक्रममा विषय समावेश गराएर समाजलाई बुझाउनुपर्ने बताए ।

उनले लैङ्गिक, यौनिक तथा अल्पसंख्यक वर्ग कुनैशरीरिक तथा मानसिक समस्या नभई प्राकृतिक विषय भएकाले समाजले त्यस्ता समुदायका व्यक्तिलाई सहज रुपमा स्वीकार गर्नुपर्ने बताए । एमाले सांसद डा. कृष्ण न्यौपानेले महिला, दलित तथा पिछडिएको समुदायलाई जस्तै यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई पनि आरक्षणको व्यवस्था सरकारले गर्नुपर्ने बताए । माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले सामाजिक विकास र जनचेतनाका कार्यक्रम गर्दै गएमा यौनिक, लैङगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु प्रति समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न सकिने बताए ।

सांसद माला गोतामले प्रशिक्षण र कानुनी परामर्शका साथै प्रदेश सरकारले पनि यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका सवालहरुमा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मितीनी नेपालको कार्यकारी निर्देशक सरिता केसीले विभेदकारी कानुन खारेज गर्नुपर्ने बताइन् । कार्यक्रम मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानको अध्यक्षता तथा मितिनी नेपाल लुम्बिनी प्रदेश संयोजक सलिना चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ०३ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र