१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा



सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको गरिएको थियो ।

खोजी गर्ने क्रममा पोखरीमा मंगलबार बिहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेको भनाई रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : १२ बजे

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ