२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंकले गर्यो दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको साझेदारी



काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ ।

आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ ।

यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुनेछन । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ । त्यस्तै, आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्नेछ ।

नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दछ । आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : २६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा