१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कान्छी पत्नीसँग दुबईका शासकको महँगो सम्बन्धबिच्छेद : ८० अर्ब रुपैयाँ दिनु पर्ने



काठमाडौं । दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ ।

यसलाई बेलायती कानुनी इतिहासमा तलाक(सम्बन्धविच्छेद)को सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ ।

बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् ।

शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् ।

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ ।

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टि पनि दिनु छ ।

हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागर बेलायत पुगेकी थिइन् । उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताउकी थिइन् ।

तस्बिर स् रोयटर्स

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ५८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर