७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनीको मायादेवी मन्दिर पछाडीको झाडीमा २० वर्षिया युवतीको शव फेला



बुटवल । बिश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नजिकै बेवारिसे अवस्थामा युवतीको शव फेला परेको छ । लुम्बिनी स्थित मायादेवी मन्दिरको पछाडीको झाडीमा युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताए । मधेसीमुलकी युवतीको शव मंगलबार साँझ ५ः३० बजे तीर फेला परेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीले खण्डहर सहितको झाडीमा शव रहेको सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल पठाइृएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रवक्ता चन्दले बताए ।

हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने प्रहरीले  प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई