७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

लुम्बिनीको मायादेवी मन्दिर पछाडीको झाडीमा २० वर्षिया युवतीको शव फेला



बुटवल । बिश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नजिकै बेवारिसे अवस्थामा युवतीको शव फेला परेको छ । लुम्बिनी स्थित मायादेवी मन्दिरको पछाडीको झाडीमा युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताए । मधेसीमुलकी युवतीको शव मंगलबार साँझ ५ः३० बजे तीर फेला परेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीले खण्डहर सहितको झाडीमा शव रहेको सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल पठाइृएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रवक्ता चन्दले बताए ।

हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने प्रहरीले  प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ३० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल