८ चैत्र २०८२, आइतबार | March 22, 2026

अरुण तेस्रो समयमै पूरा हुने



सङ्खुवासभा । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४ सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनी सतलज जलविद्युत् निगमले जनाएको छ ।

यो योजना वि.सं. २०८० भित्र सम्पन्न भइसक्नुपर्नेछ । २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौँबाट संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

जम्मा ११.८ किलोमिटर सुरुङमध्ये ६.९ किलोमिटर खनिसकिएको छ । सुरुङभित्र प्लास्टर गरेर पाइपजस्तो बनाइने छ । उक्त कार्य पनि सुरु भई हाल ७० मिटर प्लास्टर भइसकेको छ । मकालु गाउँपालिका-५ को फ्याँक्सिन्दा दोभानमा बन्ने बाँध निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

जम्मा २५.४२ लाख घनमिटर खाल्डो खन्नुपर्नेमा हालसम्म २१.७० लाख घनमिटर खाल्डो खनिसकिएको अरुण तेस्रोका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । उनले बाँधबाट पावरहाउसतर्फ पानी पठाउने २३१ मिटरको निकास सुरुङसमेत निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

उता विद्युत् उत्पादन गृह चिचिला गाउँपालिका-३, पुखुवामा पनि पूूर्वाधार निर्माणको काम धमाधाम भइरहेको छ । विद्युत् उत्पादक कम्पनी सतलजका अनुसार विद्युत् उत्पादनको सम्पूूर्ण संरचना सुरुङभित्र नै बन्ने छ । जसका लागि एक लाख ५८ घनमिटर क्षेत्रफलको फराकिलो सुरुङ खन्नुपर्ने छ ।

त्यसमध्ये हालसम्म एक लाख २८ हजार घनमिटर खन्ने काम सम्पन्न भइसकेको अरुण तेस्रोका डिपुटी मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिए। त्यसबाहेक ५६ हजार आठ सय घनमिटरको ट्रान्समिटर राख्ने सुरुङसमेत निर्माण भइसकेको सुलेरियाले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा ध्यान कुलुङले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ५९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय