४ पुस २०८२, शुक्रबार | December 20, 2025

काम उस्तै, सेवासुविधा असमान



काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति-सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन् ।

प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन । तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ । प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ । सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन् । प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ । सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको छ । प्रहरीमा ग्रेड थप हुन स्तरवृद्धि भएको एक वर्ष काम गरेको हुनुपर्छ । सशस्त्रको स्तरवृद्धि हुँदा नै एक ग्रेड थप गरिएको हुन्छ ।

अवकाशपछि पाउने औषधोपचार खर्च पनि असमान छ । ३० वर्ष काम गरेर अवकाश प्राप्त प्रहरीले आफूले पाउने औषधोपचार खर्चको १० प्रतिशत थप रकम मात्रै पाउँछन् । यही अवस्थामा सशस्त्रले २० प्रतिशत थप रकम पाउने व्यवस्था छ ।

प्रहरीका एक एसपीका अनुसार रासन भत्तामा पनि विभेद छ । ‘नेपाल प्रहरीमा १६ आइटम रासन थियो भने सशस्त्रमा २१ आइटम । पछि यो हटाएर नियमावलीबाटै नगद सिस्टममा गयो’, नाम नबताउने सर्तमा ती एसपी भन्छन्, ‘रासनबापत आउने नगद पनि प्रहरीको कम छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको