१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा, कोभिड जाँच गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो



बाजुरा । बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड-१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए ।

कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । चेक गरेको स्वाब काठमाडौं पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए ।

पिसिआर ल्याब सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारले लगानि गरेका हुन् । अपुग सामग्री अस्पतालले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले मेडिकल ल्याब अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक जना ल्याब टेक्निसियनको व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : २५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू