७ आश्विन २०८३, बुधबार | September 23, 2026

तेजाब पीडित मुस्कान खातुनको बायोपिक बन्ने



काठमाडौं । तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि-प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए ।

अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए । उनले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो । फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई