४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । ।

बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

ूनेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौ । साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी(२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,ू तीन पानाको लामो विज्ञप्तिमा भनिएको छ ।

कारबाही फिर्ता माग गर्ने ६ सदस्य :
ऋषिराम गौतम, केन्द्रीय सदस्य
अमितवीर पाण्डे, केन्द्रीय सदस्य
करन महतारा, केन्द्रीय सदस्य
मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य
सञ्जयराज सिंह, केन्द्रीय सदस्य
छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : १५ बजे

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच