१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कांग्रेस प्रदेश-२ अधिवेशनः मतदान गर्ने विषयमै विवाद, कार्यकर्ताबीच मुक्का हानाहान



जनकपुरधाम । कांग्रेस प्रदेश-२ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो । कृष्ण पक्षधरले बुधबार नै मतदान गर्ने भने पनि रामसरोज पक्षधरले बिहीबार गर्ने बताएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो । यसै विषयलाई लिएर सिजर्ना भएको झडपमा दुवै पक्षका कार्यकर्ताबीच मुक्का हानाहानसमेत भएको बताइएको छ ।

७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव र निधी–कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्य खुलामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला सात पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट आठ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला आठ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य एक पदका लागि चार जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला एक पदका लागि तीन, प्रदेश सदस्य मधेशी खुला सात पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुला तीन पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला दुई पदका लागि पाँच, प्रदेश सदस्य खुला थारू एक पदका लागि दुई र प्रदेश सदस्य महिला थारू एक पदका लागि दुई जना, प्रदेश सदस्य मुस्लिम खुला दुई पदका लागि पाँच जना र प्रदेश सदस्य मुस्लिम महिला एक पदका लागि तीा र प्रदेश सदस्य अल्पसंख्यक अपांग एक पदका लागि चार जनाको उम्मेदवारी परेको हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ३४ बजे

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ