४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

मनाङका खोला र तालमै जम्न थाल्यो हिँउ



लमजुङ । चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला मनाङका खोलानालासहित हिमताल जम्न थालेका छन् ।

मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् ।

चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ-बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

मनाङमा मंसिर-पुसदेखि फागुनसम्म हिमताल प्रायस् जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ ।

चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिने गरेका छन् । मनाङका ताल हेर्न पर्यटक आउँछन् ।

हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेको छ । चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : ०८ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट

मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको